ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली नेतृत्वसंगै गयो समाजकल्याणको नेतृत्व

काठमाडौं,असार ८ । समाज कल्याण परिषद्का पदाधिकारीले सामुहिक राजिनामा दिएका छन्।
तत्कालिन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल श्रावण ५ गते उपाध्यक्ष र सदस्य सचिव सहित पाँच जना सदस्य नियुक्त गरेका पदाधिकारी र कोषाध्यक्ष सहित ८ जनाले सामूहिक राजीनामा दिएका हुन्।

परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाई शुक्रबार समाजकल्याण परिषदबाट औपचारिक रुपमा बाहिरिएका हुन।

हालको सरकार स्थापित कानुनको विपरित गएको र वर्तमान सरकारले समाजकल्याणमा साथै गैरसरकारी संस्थामाथी राजनीतिक हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिइएको उनीहरुले बताएका छन्।केपी शर्मा ओलीको समयमा आफूहरुले सहज रुपमा काम गर्ने वातावरण भएकोमा वर्तमान सरकारको नेतृत्व विभिन्न स्वार्थ समुहको दबाबमा परेको उनिहरुको आरोप छ।

राजिनामा दिनेमा उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी,सदस्य सचिव पुष्कर खाती, सदस्य मणिराज बन्जाडे,गोविन्द शाही, नानीमाया थापा,ब्रह्रमध्वज गुरुङ,शुसिल ज्ञवाली रहेका छन्।

अहिलेसम्म आफ्नो कार्यकालमा भएका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनमाफर्त उनिहरुले आफ्नो कार्यकालमा गरेका कामको पनि निरन्तरता पाउनु पर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *