ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अनिस्चित वन्दैं काँग्रेस केन्द्रिय महाधिवेशन, कृयाशिल सदस्यता विवाद र गुट हावी

काठमाडौं,असोज ८ । संवैधानिक संकट तथा कोरोना महामारीका विच सूरु काँग्रेसको वडा अधिवेशन कृयाशिल सदस्यता विवादका कारण सम्पन्न हुन सकेको छैन्।पटक पटक महाधिवेशनको मिति सारेको काँग्रेसले मंसिरका लागि तया गरेको केन्द्रिय महाधिवेशन समयमा नै संपन्न गर्नेमा समेत प्रश्न उठेको छ।

यस अघि भदौ १६ देखि १९ केन्द्रिय महाधिवेशन गर्ने मिति तय गरेको काँग्रेसले पुन मंसिर ९ देखि १३ गतेसम्म गर्ने भन्दैं मित तय गर्यो सोहो अनुसार भदौं १८ गतेबाट वडा अधिवेशन सुरु गरेपनि १३ जिल्लाको कृयाशिल सदस्यता विवाद कायम भएका समयमा केन्द्रिय महाधिवेशनको मिति हेरफेर नहुने गरी अन्य अधिवेशनको मिति परिवर्तन गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

४ पटक अधिवेशनको मिति सारीसकेको काँग्रेसले मंसिरम जसरी पनि महाधिवेशन गरेरै छाड्ने दावी गर्दैं आएको छ।तर स्वयम नेताहरु पनि समयमा नै महाधिवेशन होलाकि भन्नेमा शसंकित हुदैं आएका छन्।कृयाशिल सदस्यता वितरणमा नै विधान मिच्ने र मतदातालाई प्रभावमा पार्ने चरित्रका कारण यसप्रकारको समस्या र अन्योलता आएको काँग्रेस नेताहरुको दावी छ।

काँग्रेस युवा नेता तथा महामन्त्रीका उमेद्वार गगन थापाले ३ बर्षसम्म कृयाशिल सदस्यता विवाद मिलाइसक्नु पर्नमा ३ बर्ष चुप लागेर बस्ने चौथो बर्षमा विधान मिचेर कृयाशिल सदस्यता वितरण गर्ने परिपार्टीको उपज भएको दावी गरेका छन्।

उता सहमहामन्त्री तथा सस्थापन पक्षका नेता प्रकाश सरण मतहतले मंसिरमा जसरी पनि केन्द्रिय महाधिवेशन गर्ने जनाएका छन् ।कृयाशिल वडा अधिवेशन केही दिनमा संपन्न हुने र अन्य अधिवेशन गर्ने उनको भनाई छ।

काँग्रेस महाधिवेशनकै संघारमा रहेको वेल सरकारको नेतृत्व गर्न पुगेको छ । यस्तो अवस्थामा सभापति देउवाले महाधिवेशनका लागि सरकारको स्वदावाजी गर्न लागेको समेत आरोप लाग्दैं आएको छ।यस्तो अवस्थामा सरकारले पूर्णता पाएपछिमात्र काँग्रेसको महाधिवेशन निस्चित हुने दावी गरिरहदाँ विश्लेषकहरुले भने मंसिबाट केन्द्रिय महाधिवेशन नसर्ने आकलन राजनीति शास्त्री प्रा.डा.गोविन्दमान सिंह कार्कीको भनाई छ।

लोकतान्त्रीका पार्टीमा कानुनी भन्दा वढी नैतिक प्रश्न बढि उठ्ने भएको र काँग्रेसले अधिकाम्स नैतिकता गुमाइसकेकोका कारण पनि मंसिर पछि जान नसक्ने कार्कीको भनाई छ।त्यसो त सभापति शेरबहादुर देउवा पनि महाधिवेशन समयमा नै गर्ने पक्षमा देखिएका छन्।उनले महाधिवेशन तोकिएकै मितिमा गर्ने जनाएका हुन्।

कोरोना महामारीकाकारण प्रभावित हुनसक्ने अनुमान गरिएपनि काँग्रेसले वडा अधिवेशन सुरु गरिसकेको छ।१३ जिल्लाको कृयाशिल सदस्यता विवाद समाधान हुने वित्तिकै अन्य अधिवेशन अघि बढाउन भने काँग्रेसलाई सहज हुने छ।

त्यसो त सस्थापन पक्ष महाधिवेशनमा कम्जोर भएकै कारण महाधिवेशनबाट भाग्दैं आएको आरोप समेत खेप्दैं आएको छ।सस्थापन पक्षबाट सभापति देउवा स्वयम पुन सभापतिमा लड्ने मनस्थितिमा हुदाँ उनी निकट मानिएका बिमलेन्द्र निधि जसरी भएपनि सभापति लड्ने भन्दैं सम्पर्क कार्यालय खोलेर अघि बढेका छन्।त्यस्तै गोपालमान श्रेष्ठ समेत सभापतिको लाईनमा रहदाँ देउवालाई अप्ठ्यारो पेको दावी गरिएको छ।

देउवालाई हराउन पौडेलल पक्ष निर्विरोध उमेद्वार उठाउने तयारीमा रहेपनि किचलो समाधान भएको देखिदैंन।काँग्रेसमा गुठसंगै उपगुठको समेत हावी हुदाँ महाधिवेशनमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *