ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेको अवरोधका विच राष्ट्रिय सभाबाट बजेट सम्वन्धि दुई विद्येक पास

काठमाडौं,असोज ८ । प्रतिपक्षी एमालेको अवरोधका विच बजेटसँग सम्वन्धित दुई विधेयक राष्ट्रियसभामा पारित भएका छन्।एमालेको अवरोधकाबीच बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक ०७८ र राष्ट्र ऋण उठाउने विधेयक ०७८ माथी विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।

दुवै प्रस्तावलाई राष्ट्रियसभामा कायम सदस्यसंख्याको बहुमत सदस्यले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभामा जानकारी दिए।

दुवै विधेयकमाथी दफावर छलफल आगामी बैठकमा हुने भएको हो।प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका सांसदहरुले भने बैठकमा विरोध कायमनै राखेका छन्।एमाले सांसदहरुले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैलीप्रति आपक्ति जनाउदै निरन्तर बैठक अवरुद्ध गरिरहेको छ।

विरोधकाबीच शुरु भएको बैठकले दुई अध्यादेश छलफलका लागि बहुमतले पारित गर्दै ११ बैठक गते बस्ने गरि स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *