ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दसैँको मुखमा खुल्ने भए काठमाडौंका विद्यालय

काठमाडौ,असोज ७ l काठमाडौं महानगरपालिकाले आगामी आइतबारदेखि भौतिक रूपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ।विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिक रूपमा खोल्ने निर्णय भएको हो।

काठमाडौं महानगरको शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो।महानगरको शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिक रूपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर कामपामा पेस गर्नुपर्नेछ।

विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरले जनाएको छ।महानगरभित्र सञ्चालनमा रहेका विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने,विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने र शिक्षक,विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने छ ।

शिक्षक,कर्मचारी,चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ।महानगरले औपचारिक जानकारी आज गरे पनि यसअघि नै विद्यार्थी सङ्ख्या कम भएका विद्यालय आलोपालो गरेर सञ्चालनमा आइसकेका छन्।

लामो समय विद्यालय बन्द रहेको,चाडबाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दसैँ तिहारपछि मात्र भौतिक रूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *