ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश नं १ मा २८४ जनामा कोरोना सङ्क्रमण

मोरङ,असोज ७ l पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज पनि सबैभन्दा बढी झापा ७७ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ३१ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ। सो अवधिमा मोरङमा ५४,सुनसरीमा २४,इलाममा छ,धनकुटामा तीन,उदयपुरमा दुई र प्रदेश बाहिरका एक जनामा सङ्क्रमण देखिएको हो।

प्रदेशमा आजै २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।सङ्क्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष छन्।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *