ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १२३९ जनामा संक्रमण पुष्टि,१३ जनाको मृत्युु

काठमाडौं,असोज ७। देशभरका प्रयोगशालाबाट १५ हजार २ सय ४३ नमूना परीक्षण हुँदा १ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १ हजार ३ सय २४ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ५६ हजार ९ सय ५४ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९६ प्रतिशत हो।

त्यस्तै,गत चौविस घण्टामा १३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७२ पुगेको छ। मृत्युदर कूल संक्रमितको १ दशमलब ४ प्रतिशत हो।

अझै सक्रिय संक्रमित संख्या २० हजार ७ सय ४३ रहेको छ भने क्वारेन्टाइनमा २ सय ४६ जना रहेका छन्।देशभर आइसियुमा ३ सय ४० जना र भेन्टिलेटरमा १ सय ११ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *