ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश नं १ मा सबैभन्दा बढी मोरङ र विराटनगरमा सङ्क्रमित


मोरङ,असोज ६ l पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा सबैभन्दा बढी मोरङमा ९३ जनामा कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ।सोही अवधिमा स्थानीय तहअन्तर्गत मोरङकै विराटनगरमा ५२ जना सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार झापामा ७९,सुनसरीमा ४८, पाँचथरमा दुई,धनकुटा, सङ्खुवासभा र तेह्रथुममा एकएक र प्रदेश बाहिरका चार जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ।सोही अवधिमा एक हजार ५९ को पीसीआर परीक्षण गर्दा २२९ र ४५१ को एन्टिजेन परीक्षण गर्दा ९१ गरी कूल ३२० मा कोरोना सङ्क्रमण भएको हो।

प्रदेशमा आजै १७४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८७ महिला र ८७ पुरुष रहेका छन्।सोही अवधिमा कोरोना सङ्क्रमणबाट एक महिलासहित चारको मृत्यु भएको मन्त्रालयले जनाएको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *