ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले ४० बर्षमाथिका सम्पुर्णको पिसाब चेक गर्ने

काठमाडौ,असोज ६ l सरकारले ४० वर्षमाथिका सम्पुर्ण नागरिकको पिसाब जाँच गर्ने भएको छ।बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नागरिकहरुको मिर्गौलाको अवस्था के कस्तो छ ? भन्ने जानकारी लिनका लागि ४० वर्ष नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने योजना रहेको बताएका छन्।

सरकारले मिर्गौलाका सम्बन्धमा नागरिकहरुमा के कस्तो समस्या छ भन्ने जानकारी लिने गरी योजना बनाएको समितिको जानकारीमा आएको जानकारी दिएको छ।बैठकपछि समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न,मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी रोगबाट बच्ने उपायका बारेमा देशभरि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *