ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साहस ऊर्जा कम्पनीको आईपियो आजबाट खुल्यो

काठमाडौं,असोज ६ । साहस ऊर्जा कम्पनीले आजबाट सर्वसाधारण समूहको लागी आइपिओको बिक्री खुल्ला गरेको छ।कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ७० लाख कित्ता आइपिओ आजदेखि बिक्री खुल्ला गरेको हो।

यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।भने बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

हालका दिनमा आइपिओ पर्ने सम्भावना एकदमै न्यून रहँदै आएकोमा यस कम्पनीको भने कुल ६ लाख ४४ हजार जनाले १० कित्ताका दरले पाउने छन्।अहिले आइपिओ भर्नेको संख्या झण्डै २४ लाखको हाराहारीमा पुग्ने गरेको छ।

न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपिओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *