ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चितवनमा गाडीको ठक्करबाट चितुवा मर्‍यो


चितवन,असोज ६ l इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ।मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।

आफुहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयमा ल्याई व्यवस्थापन गरिएको बताए lमाउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए।घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ l(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *