ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माओवादीले टुङ्गो लगाउला सरकारमा जाने मन्त्रीको नाम

काठमाडौं,असोज ६ । सत्ता सहयात्राको ठूलो दल नेकपा (माओवादी केन्द्र)ले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल गर्न स्थायी समिति बैठक डाकेको छ।

सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको भएपनि छलफलका लागि उनले बैठक आह्वान गरेका हुन्।सरकार गठनको ३ महिनामा पनि सरकार विस्तार हुन नसकेको समयमा आजमात्र काँग्रेस नेता डा. नारायण खड्कालाई नियुक्त गरेको छ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने बैठकले माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंग्याउने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *