ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डा खतिवडा सहित राजनीतिक नेतृत्व पाएका राजदुत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं,असोज ५ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अमेरिका, चीन र बेलायत लगायतका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

केपी ओली नेतृत्वको सरकारले अमेरिकाका लागि डा. युवराज खतिवडा,चीनका लागि महेन्द्रबहादुर पाण्डे तथा बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा नियुक्त गरेको थियो उनीहरुलाई फिर्ता वोलाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

सरकारले राजनीतिक नियुक्ति पाएका अन्य राजदूतलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो।अघिल्लो सरकारले नियुक्त गरेका परराष्ट्र सेवाका ‘करियर डिप्लोम्याट’ भने यथावत रहने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *