ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार विस्तारमा विलम्व: गठवन्धन देखि पार्टी मिलाउनै हम्मे

काठमाडौं,असोज ५ । सरकार गठन भएको तीन महिनामा प्रवेश गर्दाँ समेत सरकारले पुर्णता पाउन सकेका छैन्न्।दल विभाजन सम्वन्धी ऐन ल्याएर पार्टी विभाजन गरेपनि सोही विषय सरकार विस्तारको बाधक बनेको छ भने प्रदेश सरकार गठन न टुङ्गिएका कारण केन्द्र सरकारमा असर परेको देखिन्छ।

सर्वोच्च अदालतले नेकपा एसका सांसदका विषयमा गर्नै फैसला पछि सरकार गठन हुने अपेक्षा गरिएपनि सर्वोच्चले उक्त मुद्धाको अझै फैसला गर्न सकेको छैन । त्यस्तै पार्टी विभाजन संवन्धी अध्यादेश फिर्ता लिएपछिमात्र सरकारमा जाने जनता समाजवादी पार्टीको अडानका कारण सरकार गठनमा ढिलाई भएको राजनीतिक विश्लेषकहरु बताउछन् ।

त्यसमाथी पदको बाडफाड नै नमिलेका कारण त्तकाल सरकार गठन हुनेमा अझै शंका रहेको राजनीतिक विश्लेक प्रा डा गोविन्दमान सिंह कार्की बताछन्।त्यसको त गठवन्धन भित्र मन्त्री बन्ने आकाङ्क्षीहरुको सङ्ख्या समेत धेरै छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारका जाने आकाङ्क्षीको बढेका कारण व्यवस्थापन गर्न समस्या भएको औपचारीक कार्यक्रममा स्विकार गर्दां नेकपा एसभित्र समेत मन्त्री बन्नैका लागि पार्टी त्यागेको आरोप समेत नेताहरु खप्दै छन्।

जसपा र लोसमामा समेत त्यही अवस्था देखिदाँ प्रधानमन्त्री देउवाले समेत महाधिवेनमा फाइदाँ पुग्ने गरी मन्त्रीको भागबन्डा मिलाउन खोजेको आरोप लाग्दैं आएको छ l सरकार गठन भएको यति लामो समय वितिसक्दाँ समेत पूर्णता नपाउदाँ सरकारको चौतर्फि आलोचना जारी छ।महामारीको समयमा समेत स्वास्थ्य मन्त्री विहिन बन्दाँ काममा प्रभित भएको दावी गरिरहदाँ तुइन प्रकरण,एमसिसि प्रकरण जस्ता विषयले सरकारको आलोचना तिव्र रुपमा बढिरहेको छ ।

सरकार गठनलाई पूर्णता दिन नसक्दाँ देउवाको आलोचना पार्टी भित्रबाट समेत जारी छ।नेपाली कांग्रेसका नेता गगन थापा अन्य पार्टीलाई दोष दिएर उम्न सक्ने अवस्था नरहेको भन्दैं नेताहरुले सरकार विस्तार गर्नु पर्ने र आवस्यक्ताका आधारमा मन्त्रीहरुलाई फिर्ता बोलाउ सक्नु पर्ने बताउछन्। अझ माहाधिवेशनलाई प्रभावित पार्ने गरी सरकार गठनमा ढिलाइ भएको भए उक्त गल्ति क्ष्म्य नहुने उनको भनाई छ।

सर्वोच्चको आदेश अनुसार गत असार २९ गते काँग्रेस सभापति शेरबहादुर देउवाले गठवन्धन सरकारको नेतृत्व गरे।सरकार गठनको ३ महिनामा प्रवेश गर्दां उनले जम्मा एक जना राज्यमन्त्रीबाहेक अन्य मन्त्री थप गर्न सकेका छैनन्।जसका कारण देउवा एक्लै १६ मन्त्रालयको नेतृत्व गरिरहेका छन्। उता प्रदेश सरकारको अवस्था समेत अन्योलमा छ l

प्रदेश एक र बागमति प्रदेशमा आफ्नै मुख्यमन्त्रीलाई हटाएर नयाँ सरकार गठन गरेपनि एमालेले विश्वासको मत ल्याउने संभावना कम्जोर बन्दैं गएको छ।यस्तो अवस्थामा गठवन्धनले नयाँ सरकार गठनको तयारी गरिरहेको जनाएको छ।स्मरणियत यो छ कि लुम्बिनी र गण्डकी प्रदेश सरकार समेत एमालेले गुमाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *