ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मौसम परिवर्तन भएसँगै देशभर फ्लुको बिरामीको संख्या बढ्दै

काठमाडौ,असोज ५ l गर्मी र वर्षाको मौसम सकियर जाडो सुरु हुन लाग्दा सिजनल फ्लुको प्रकोप बढेको छ।सिजनल फ्लूले विशेषगरी बालबालिका,सुत्केरी र दीर्घरोगी तथा वृद्धवृद्धालाई बढी जोखिम हुने हुँदा सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।

अहिले गर्मी सकियर विस्तारै जाडो मौसम सुरु हुने समय हो।काठमाडौ लगायत देशैभरका अस्पतालहरुमा सिजनल फ्लुका बिरामीको संख्या बढ्दै गएको छ।सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने,थकाइ लाग्ने,घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको भेरी अस्पतालका फिजिसियन डा खगेन्द्र जंग शाहले बताए।सिजनल फ्लुका कारण बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ।

फ्लुको जोखिममा बालबालिका,गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको चिकित्सकहरु बताउछन्। चिकित्सकका अनुसार सिजनल फ्लुमा ज्वरो आउने,टाउको दुख्ने,जिउ दुख्ने,थकाइ लाग्ने,घाँटी खसखसाउने,रुघाखोकी लाग्ने,श्वास फेर्न गाह्रो हुने, खाना नरुच्ने,वाकवाकी लाग्ने वा बान्ता हुने, बच्चाहरुलाई झाडासमेत हुने जस्ता समस्या देखिने गर्दछन्।

अहिले कोरोना महामारी पनि कायमै रहेकोले फ्लु र कोरोनाका अधिकाश लक्षण एउटै हुने भएकोले समयमा नै परीक्षण गर्नु पर्ने चिकित्सकहरु बताउछन्

सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने,जिउ दुख्ने,थकाइ लाग्ने,घाँटी खसखसाउने,रुघाखोकी लाग्ने,श्वास फेर्न गाह्रो हुने,खाना नरुच्ने,वाकवाकी लाग्ने वा बान्ता हुने,बच्चाहरुलाई झाडासमेत हुने जस्ता समस्या देखिने गर्दछन्।

बिरामीले कुरा गर्दा,खोक्दा,हाच्छिउँ गर्दा विषाणुयुक्त साना साना पानीका कणहरु वातावरणमा फैलने र सोही माध्यमबाट अरूलाई सर्ने गर्दछ। यो रोग हात, मुख,नाक र आँखाको संसर्गबाट सर्ने हुँदा सबैलाई सजग रहन चिकित्सकले सुझाव दिएका छन्।

सिजनल फ्लुबाट बच्न खोक्दा हाच्छिउँ गर्दा सफा कपडा,रुमाल वा पाखुराले नाक,मुख छोप्ने,साबुन पानीले हात धुने,सार्वजनिक स्थानमा जाँदा मास्कको प्रयोग गर्ने,पोषिलो झोलपदार्थ र पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्ने चिकित्सकहरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *