ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउने घोषणा

काठमाडौ,असोज ५ l भारतले अक्टोबरदेखि खोप निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेको छ।

सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले विदेशमा खोप निर्यात हुने जनाएका हुन्।भारतको उक्त घोषणासँगै नेपाललाई केही राहत मिलेको छ।

भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै अक्टोबरमा १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्ने सम्भावना देखिएको छ।नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानी पनि गरिसकेको छ।

रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रालाई खोप निर्यातको प्राथमिकतामा राखिएको जानकारी दिए।विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *