ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजबाट असोज१४ गतेसम्म देशभर भेरोसेल खोफको पहिलो मात्रा,काठमाडौंमा भने ३ दिन दोश्रो मात्रा लगाउदै

काठमाडौ,असोज ४ l देशैभर एघार दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा प्रदान गर्न थालिएको छ।चार उमेर समुहलाई जिल्लाअनुसार खोप दिने योजना स्वास्थ्य मन्त्रालयको छ भने काठमाडौंले भने ३ दिनसम्म भेरोसेलको दोश्रो मात्रा र त्यसपछि पहिलो मात्रा दिने भएको छ।

चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप आएलगत्तै सोमबारदेखि सरकारदे देशभर एघार दिनसम्म पहिलो डोज लगाउन सुरु गरेको छ। यसअघि पहिलो डोज लिएकाहरुलाई भने कार्तिक ४ देखि १४ गतेसम्म दोश्रो डोज दिलाउने योजना स्वास्थ्य मन्त्रालयको छ।ताप्लेजुङ,सङ्खुवासभा, सोलुखुम्बु,रसुवा,जुम्ला,मुगु,हुम्ला,डोल्पा,बाजुरा र दार्चुला १० हिमाली जिल्लामा १८ वर्षभन्दा माथिका सबैलाई खोप दिइने छ।

त्यस्तै काठमाडौं,ललितपुर,भक्तपुर,मकवानपुर, रामेछाप,सर्लाही र अछामका ४० वभन्दा माथिका सबै तथा १८ वर्षभन्दामाथिका विद्यार्थीले खोप पाउने छन्।बाँकी ५८ जिल्लामा भने ३५ वर्षभन्दा माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षभन्दा माथिका विद्यार्थीले खोप पाउनेछन्।

त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा,शिक्षण एवम् पर्यटकीय क्षेत्रमा काम गर्नेलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।असोज मसान्तसम्ममा कुल जनसंख्याको एक तिहाईलाई खोप दिनेगरी काम भैरहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ बताउँछन्।

काठमाडौंमा भने पहिलो मात्रा लगाएका २ लाख ४० हजारजनालाई सुरुका तीनदिनमा दोश्रो मात्रा लगाएपछि बाँकी ७ दिन पहिलो मात्रा दिने योजनाअनुसार खोपकेन्द्र सञ्चालित छन्।खोप अभियानमा संहभागी नागरीकहरु पनि यस्तो जोखिमको समयमा खोप लगाउन पाएकोमा खुशी छन्।

हालसम्म देशमा कोभिसिल्ड,एस्ट्राजेनेका,भेरोसेल र जोन्सोन एण्ड जोन्सोन खोप खरिद तथा अनुदानबाट १ करोड १८ लाख डोज भित्रिएकोमा ६२ लाख ३ हजार ३ सय १६ ले पहिलो मात्रा र ५५ लाख ७८ हजार ८ सय ६५ ले पूर्ण मात्रा पाएका छन् ।भारतसँग खरीद गरिएपनि रोकिएको १० लाख डोज कोभिशिल्डसमेत आउने प्रक्रियामा रहेकाले खोप अभियान थप प्रभावकारी हुने मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *