ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभरबाट २९५७ जना कोरोना मुक्त,१०१५ जनामा संक्मरण पुष्टी

काठमाडौं असोज ४ । स्वास्थ्य मन्त्रालयका अनुशार देशभरबाट गत  चौबीस  घण्टामा  २ हजार ९ सय ५७ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ५२ हजार १ सय ७० पुगेको छ ।

कूल संक्रमितमध्ये निको हुने दर ९५ दशमलब ८ प्रतिशत हो ।देशभरका प्रयोगशालाबाट १३ हजार  ८ सय १७  नमूना परीक्षण हुँदा काठमाडौं उपत्यकामा ३ सय ९६ जना सहित देशभर १ हजार  ९५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत चौविस घण्टामा ८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४८ पुगेको छ ।

मृत्युदर कूल संक्रमितको १ दशमलब ५ प्रतिशत हो । देशभर सक्रिय संक्रमित संख्या २२ हजार ३ सय २३ जना सहित क्वारेन्टिनमा २ सय ६४ जना रहेका छन् । देशभर आइसियुमा ३ सय ७१   र भेन्टिलेटरमा १ सय ८ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *