ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १०६६ जनामा संक्रमण पुष्टि,१६ जनाको मृत्यु

काठमाडौ,असोज २ l देशभरका प्रयोगशालाबाट ११ हजार ३ सय ८५ नमूना परीक्षण हुँदा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै,गत चौविस घण्टामा १६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २८ पुगेको छ। मृत्युदर कूल संक्रमितको १ दशमलब ५ प्रतिशत हो।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार २ सय ३४थपिएर हालसम्म निको हुने संख्या ७ लाख ४७ हजार ८ सय पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९५ दशमलब ४प्रतिशत हो।

देशभर सक्रिय संक्रमित २५ हजार ८२ जना र क्वारेन्टिनमा २ सय ४६ जना रहेका छन्। आइसियुमा ३ सय ८९ र भेन्टिलेटरमा १ सय २१ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *