ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिस्डोलको दुख बन्चरेमा नदोहोरियोस

एस.एन. शर्मा, नुवाकोट असोज २ । २०६२ सालमा २ बर्षका लागि फोहोर फार्ने समहति अनुसार नुवाकोटको सिस्डोल बासीले फोहोर व्यवस्थापनको अनुमति दिए तर काठमाडौं, ललितपुर र भक्तपुरको फोहोरको लगातर १६ बर्ष देखि सिस्डोलमा थुप्रदैं आएको छ । अव्यवस्थित फोहोर थुपार्दां सिस्डोलमा फोहोरको डङ्गुर हैन पहाड बनेको छ ।

देशको राजधानिको फोहोर व्यवस्थापन हुने भएसंगै उक्त स्थान व्यवस्थित हुने स्थानियको आकलन थियो । तर उक्त स्थान पुग्ने सडकसम्म बन्न नसक्दाँ स्थानिय हैरान छन् । पिचभएको कालो र चिल्लो सडक हैन अव उनिहरुका लागि सडक राम्रोसंग ग्रावेल मात्र भएपनि हुने थियो भन्ने लाग्न थालेको छ ।

हिलोमा खपिनसक्नु को हिलो, धुलोमा गाउँनै ढाक्ने गरिको धुलो त्यसमाथी काग र गिद्दधे खाना भरी फोहोर खसाल्दिदाँ सिस्डोल बाशीले १६ बर्ष देखि चोखो खान नपाएको र सहज हिन्न नपाएको स्थानिय श्यामकुमार बलामीको अनुभव छ ।

लगातार बर्षाका हुदाँ संघिय राजधानी काठमाडौंमा फोहोरको डङ्गुर लाग्ने गर्छ । बल्लत्ल सिस्डोल पुगेका सवारी साधनलाई जवरस्ती फोहोर फाल्नु पर्ने ठाँउमा पुर्याउनु पर्ने बाध्यता छ । त्यसमाथी जताततै थुपारिएको फोहोर । फोहोरबाट बग्ने विसकाक्त पानि सिधै नदिमा नपुग्दाँ जताततै प्रदुषण नै प्रदुषण छ। त्यसमाथी फोहोरमा किटनासक विषादी छर्कने सवारी साधन हिलोकै कारण उक्त स्थानमा पुग्न नसकेको स्वय काठमाडौं महानगर पालिकाका कर्मचारी बताउछन् । बाटो हिलाम्वे छ । सानो गाडी तान्न सक्ने अवस्थामा छैन । त्यसमाथी ठूलो गाढीको ट्रायकमा अट्दैन त्यसैले धेरै दिन भएको किटनासक विसाधी छर्न नपाएको काठमाडौं महानगर पालिकाका सहयोगि चोप बहादुर तामाङको भनाई छ ।

उता सिस्डोलको विकल्प भन्दै निर्माणा धिन बन्चरेडाँडामा पनि कहिलेबाट फोहोर व्यवस्थापन सुरु हुने हो टुंगो छैन । निर्माण संपन्न गरेर अन्तिम चरणमा पुगेको भन्दैं दशै पछि नै फोहोर फाल्नु सुरु गर्न भनिएपनि त्तकाल फोहोर फाल्ने संभावना देखिदैन । निर्माण संपन्न नै नगरि फोहोर फाल्ने हतारोका कारण सिस्डोलकै जस्तो दुर अवस्था श्रीर्जना हुन सक्ने भन्दैं स्थानिय आन्दोलित बनेका छन् ।

सिस्डोलमा फोहोर फार्ने ठाँउ भरिएको भन्दैं त्यहीबाट दुई किलोमिटरको दुरीमा अधुनिक व्यवस्थी ल्यान्डफिल्ड साइड निर्माणक अन्तिम चरणमा छ । करिब ३५ हजार वर्गमिटर फोहर फाल्ने क्षेत्रका लागि छुट्याइएकोमा पहिलो चरणमा फोहोर फाल्न सेल्ड वानमात्र तयार भएको छ । जसलाई व्यवस्थित गर्न विभिन्न लियर निर्माण गरिएको छ । फोहोरबाट निस्किएको लिचड लिचड ट्याङ्मा जम्मा हुन्छ । लिचर ट्इङ्बाट पुन सेन्मिटेसन ट्इङ्मा जम्मा हुन्छ र पुन पुरानै ठाएमा फिर्ता हुन्छ । यसरी व्यवस्थित भनिएको बच्चरेडाँडा ल्याण्फिल्ड साइड कहिले प्रयोग आउला यकिन छैन ।

मेलम्चि खानेपानी योजना जस्तै लम्विदैं र तन्किदैं आएको योजनाको सेल्ड वान तयार भएपनि सेल्ड टुको काम सुरु हुन सकेको छैन भने सेन्मिटेसन ट्याङ्कको समेत निर्माण संपन्न भएको छैन । यसरी काम अधुरो नै अवस्थामा रहेको समयमा फोहोर फार्ने तयारी थालेपछि स्थानिय सशंकित भएका छन् ।दुई बर्षलाई भनेर लगातार १६ बर्षसम्म अव्यवस्थित तरिकाले फोहोरो फालिएको सिस्डोलको दुरदर्शा आफुहरुले पनि भोग्नु पर्ने हो की भन्ने शंकामा छन् । महानगरपालिकाले सिस्डोलबासीलाई पेलेरै लगेको भन्दैं उनिहरु सुरुमा नै सचेत रहेको बताउछन् । त्यसैले प्रभावित क्षेत्रका मानिसको स्वास्थ्यको ज्ग्यारेन्टी गर्नु पर्नैं, बच्चरे डाँडालाई ओद्योगका रुपमा विकास गर्नु पर्ने उच्चस्तरिय समिति निर्माण गर्नु पर्ने सहितका माग रहेको सनद उप्रेतीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *