ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

औरही बजारबाट नक्कली नोटसहित दुई भारतीय पक्राउ

महोत्तरी,असोज २ l महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। 

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरूको साथबाट रु एक हजारका २२ थान,रु पाँच सयका तीन थान,रु सयका २७ थान,रु ५० का छ थान,रु २० का आठ थान,रु १० का ११ थान,रु ५ का छ थान र भारु १०० का तीन थान नोट बरामद गरेको थियो।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *