ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इन्द्रजात्राको रौनक

काठमाडौं असोज २ । नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्रद्रर जात्रा मनाएका छन् ।

काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा इन्द्रजात्रा मनाउने गरिएकपनि काठमाडौंको बसन्तपुरमा विशेष हर्ष र उत्साहका साथ मनाउने गरिन्छ ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण सुनसान बनेको बसन्तपुर-हनुमानढोका क्षेत्रमा यो पटक भने उत्लास छ । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो।

 भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्।

इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *