ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनबाट ल्याएको खोपको उपलब्धता हेरी लक्षीत समुह निर्धारण गर्ने

काठमाडौ,असोज १ l सरकारले चिन सँग खरिद गरेको ६० लाख डोज खोप मध्ये भदौको पहिलो साता १६ लाख डोज आइसकेको र बाँकि ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुगेको छ।

खोप लिन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो।भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ।त्यसैले एकै पटक ४४ लाख डोज खोप ल्याउन लागिएको हो। जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो ।

नेपालमा अहिले सम्मभेरोसेल,कोभिसिल्ड,एस्ट्राजेनेका,जोन्सोन एण्ड जोन्सोन गरी १ करोड ३३ लाख खोप आइसकेको छ।सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए।कोरोना रोकथाम र नियन्त्रणका लागि सबैभन्दा अचुक अस्त्र भनेकै खोप भएकोले जति सक्दो चाडो खोप ल्याउने र नागरीकहरुलाई लगाउने रहेकले त्यही अनुशार काम अगाडी बढाएको राज्यमन्त्री श्रेष्ठले बताए ।

सरकारले यो भन्दा अगाडी पनि खोप वितरण गर्दा खोपको उपलब्धता हेरी त्यही अनुशारको लक्षित समुह निर्धारण गरी खोप अभियान सञ्चान गर्दै आएको थियो।हालसम्म सरकारले ४५ बर्ष माथिका उमेर समुहलाई लक्षित गरी खोप अभियान सञ्चालन गरीसकेको छ।हालसम्म पहिलो मात्र लगाउने प्रतिशत १९ रहेको छ भने पुर्ण मात्रा खोप लगाउने संख्या १७ प्रतिशत रहेको परीवार कल्याण महाशाखाका प्रमुख डा विवेक कुमार लालले जानकारी दिनुभयो।

औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धका मोडर्ना र फाइजर खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ।गत बुधबार विभागले यस्तो अनुमति दिएको हो।१८ वर्षमुनिका बालबालिकाका लागि यी दुईवटा खोप लगाउने योजना सरकारको छ।यो भन्दा अगाडी नेपालमा कोभिसिल्ड,भेरोसेल,जोन्सोन एण्ड जोन्सोन खोपले आपत्कालिन प्रयोगको अनुमति पाइसकेको छ।भने यी खोपहरुको प्रयोग भइरहेको छ।सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि ३१ अर्व ७५ करोड रुपैंया विनियोजन गेरेको छ।

पुर्व अर्थमन्त्री विष्णु पौडेलले २६ अर्ब ७५ करोड विनियोजन गरेका थिए।शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसदमा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै थप ५ अर्ब रकम थप गरेको जानकारी दिए।सरकारले चालु खर्चका लागि विनियोजित बजेट कटौती गरी कोभिड–१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *