ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतमा बढंदै संक्रमण

एजेन्सी,असोज १ l भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ।बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी संक्रमित भएको उल्लेख छ।

बुधबारसम्म चार दिनसम्म एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएका थिए। ती बिहीबार भने त्यो सङ्ख्या बढेर ३० हजारभन्दा बढी भएको छ। सरकारी अधिकारीहरुले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५७० जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या तीन करोड ३३ लाख ४७ हजार ३२५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।पछिल्लो एक दिनमा भारतको केरलामा मात्रै १७ हजार ६८१ जना नयाँ संक्रमित थपिएका छन्।भारतमा दैनिक संक्रमितको संख्या ५० हजारभन्दा कम भएको ८१ दिन भएको छ।भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख ४२ हजार ९ सय २३ रहेको छ।

पछिल्लो २४ घण्टामा ३८ हजार ३०३ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै देशभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड २५ लाख ६० हजार ४७४ रहेका छन्।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *