ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेमा फेरि किचलो सुरु

काठमाडौं, भदौं ३१ । नेकपा एमालेको विवाद पुन: एक पटक उत्कर्षमा पुगेको छ । एमालेको विवाद मिलाउन गठित कार्यदलको प्रतिवेदन कार्यानोयनको विषयमा पुन विवाद सुरु भएको हो । माधव नेपालले पार्टी विभाजन गरेपनि उनको साथ छोडेपछि नेताहरु र ओलीविच खटपट सुरु भएको हो ।

एउटै सार्वजनीक कार्यक्रममा नेताहरुविच विवादमात्र भएको हैन माधव नेपाललाई पार्टी भित्र्याउने विषयमा समेत मत विभाजन देखिएको हो । काठमाडौंमा आयोजिक कार्यक्रममा बागमति प्रदेशकि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र एमाले अध्यक्षक केपी ओली तथा महासचिव इस्वर पोखरेल विच दोहोरी भएको हो । शाक्यले माधव नेपाललाई पार्टीमा माधव नेपाल फर्काउन आग्रह गरेपनि ओलीले उक्त विषयलाई अस्विकार गरेका छन् । ओलीले भने- ‘केही साथीहरू अहिले पनि माधव कमरेड आउनुस्, तपाईंको आवश्यकता छ भन्नुहुन्छ । के फेरि पार्टी फुटाउन उहाँको आवश्यकता छ ? के आवश्यकता छ माधव नेपालको म बुझ्दिनँ ।

’उता शाक्यको १० बुद्धे सहमति कार्यानोयन विषयमा समेत फरक मत प्रस्तु भएको छ । एमाले महासचिव ईस्वर पोखरेलले १० बुँदे सुझावलाई रचनात्मक ढंगले लागू गर्ने बताएका छन् । १० बुँदे सुझावलाई पार्टीमा सिर्जनात्मक र रचनात्मक ढंगले लागू गरिने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *