ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १५११ जनामा संक्रमण पुष्टि , ११ जनाको मृत्युु

काठमाडौं भदौ ३०। स्वास्थ मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट १५ हजार १ सय ७९ नमूना परीक्षण हुँदा १ हजार ५ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौविस घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ पुगेको छ । मृत्युदर कूल संक्रमितको १ दशमलब ५ प्रतिशत हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८९ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९५ दशमलब ३ प्रतिशत हो ।

सक्रिय संक्रमितमध्ये होम आइसोलेशनमा २४ हजार २ सय २२ संस्थागत आइसोलेशनमा १ हजार ५ सय ५० , आइसियुमा ४ सय ७ र भेन्टिलेटरमा १ सय २८ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *