ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमणदर घट्दो क्रममा रहे पनि जोखिम कायमै

काठमाडौं,भदौ ३०। पछिल्लो केही साता यता कोरोना संक्रमणदर घट्दो क्रममा देखिए पनि जोखिम कायमै रहेको विज्ञहरुले बताएका छन्। संक्रमणदर घटेको भन्दै स्वास्थ्यका मापदण्ड पालनामा हेलचक्राई बढेको भन्दै चाडबाडको बेला संक्रमण पुन बढन सक्ने भन्दै सतर्कता अपनाउन जानकारहरुको सुझाव छ।

कोरोना महामारीले दुइ पटक देशैभरको जनजिवन नराम्ररी प्रभावित बनाउदा हालसम्म १० हजार भन्दा बढीको मृत्यु भयो भने लाखौ ब्यक्त्ती संक्रमित भइसकेका छन्।दुवै पटक संक्रमण उच्च विन्दुमा पुग्दा देशको स्वास्थ्य प्रणाली नै संकटमा पर्यो भने जनजीवन निकै सकसपूर्ण बनेको थियो।तर महामारी रोकथाम तथा नियन्त्रणका लागि भएका अनेकौ प्रयास तथा खोप अभियानका कारण हाल संक्रमण नियन्त्रण उन्मुख रहेको तथ्यांकले देखाएको छ।

पछिल्लो समय संक्रमितको संख्या क्रमिक रुपमा घटदै गएपनि जोखिम भने कम नभएको विज्ञहरुले बताएका छन।अहिले संक्रमण कम भएको भन्दै सरकारले सम्पुर्ण क्षेत्र खुल्ला गरेको छ भने ठुला चाडपर्व पनि नजिकिएकोले आवागमन बढि हुदा संक्रमण पुन बढ्न सक्ने भन्दै सतर्क रहन उनीहरुको सुझाव छ।

विश्व स्वास्थ्य संगठनले परिक्षणमध्ये ५ प्रतिशत भन्दा कममा संक्रमण पुष्टि भए त्यसलाई सन्तोषजनक मानिने बताएको छ।तर नेपालमा अहिले पनि दैनिक परीक्षणको १५ प्रतिशत भन्दा बढीमा संक्रमण पुष्टि भईरहेको।

संक्रमण केहि कम हुदै गएपनि जोखिम कायमै रहेकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।सरकारले खोप अभियानलाइ तिब्र बनाइरहेका बेला स्वास्थ्य मापदण्ड पालनामा पनि उच्च सतर्कता अपनाउन अपिल गर्दै आएको छ।

दशै,तिहार,छठजस्ता ठुला पर्व नजिकिदै गएको बेला संक्रमण पुन बल्झिन नदिन सरकारको सरकारको सतर्कता सहित नागरिकको भूमिका पनि महत्वपूर्ण हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *