ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पटक पटक स्थगित भएको परिक्षा दिन पाउदाँ विद्यार्थी उत्साहित

काठमाडौ, भदौं ३० । कोरोना महामारीका कारण बारम्बार स्थगित हुदैं आएको कक्षा १२ को परिक्षा बुधबारवाट भौतिक रुपमा नै सुरु भएको छ । पहिलो पटक गत जेठ २६ देखि असार ४ सम्मका लागि तय भएको परिक्षा कोरोनाकै कारण स्थगित भएको थियो । त्यसपछि साउन ३१ देखि भदौ ९ गतेसम्मलाई परिक्षा तोकिएपनि दोस्रो पटक समेत रोकिदा निराश बनेका विद्यार्थी होमसेन्टरमै परिक्षा दिन पाउदा उत्साहि भएका छन ।

लामो समयसम्म परिक्षाको अन्योल भएपनि अन्तमा परिक्षा सञ्चालन भएको जसका कारण उच्च शिक्षाको बाटो खुल्ला हुने उनीहरुको आशा छ । यसरी उच्च शिक्षाको गेट खोल्न देशभरका ३ लाख ७५ हजार भन्दा बढी विद्यार्थी ४ हजार ३ सय १५ वटा परिक्षा केन्द्र मार्फत परिक्षामा सहभागि भएका छन् ।

पद्मोदय मावी काठमाडौ परिक्षा केन्द्रमा सहभागि सन्तोषि बस्नेतलाई सुरुमा कसरी परिक्षा दिने भन्ने चिन्ता थियो कहिलै नसकिने कोरोना महनामारीका परिक्षा नै नहुनेकि भन्ने अन्योलका विच कोरोना विरुधको खोप पाएपछि परिक्षा दिन पाउने मा उनी ढुक्क त थिइन् तर कहिले परिक्षा हुने हो अन्योलले हैरान थिइन् तर बुधबारबाट सुरु भएको परीक्षाले भने उच्च शिक्षाको बाटो खोल्नेमा उनी विश्वस्त छिन् ।महामारीको जोखिमका विच परिक्षा सञ्चालन हुदाँ स्वास्थ्यमा समेत उत्तिकै सतर्क रहेको उनीहरुको भनाई छ ।

यद्यपी परिक्षाको पूर्वसन्ध्यामा कोरोना विरुद्धको खोप पाएका कारण पनि धेरैले राहत महशुस गरेका छन् । पद्मोदय मावि परिक्षा केन्द्रका केन्द्राध्यक्ष नारायणप्रसाद गौतम विद्यार्थीमा चाम उत्साह थपिएको बताउछन् लामो समय परिक्षा नहुदाँ विद्यार्थी निराश बनेपनि परिक्षामा उत्साहजनक सहभागिता रहेको केन्द्राध्यक्षहरु बताउछन् विद्यालय शिक्षाको अन्तिम परिक्षा भएकोले पनि विद्यार्थीको उल्लेख्य सहभागिता रहेको विज्ञहरु बताउछन । परिक्षा असोज ८ गतेसम्म चल्नेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *