ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शिक्षाको गुणस्तर सुधारमा सवैको ध्यान जानु पर्छ: प्रधानमन्त्री देउवा

ललितपुर,भदौं ३०। प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षाको गुणस्तर सुधारमा सवैको ध्यान जानु पर्ने बताएका छन्।

ललितपुरको नमुना मच्छिन्द्रनाथ माविको नवनिर्मित भवनको उद्धाघन गर्दैं प्रधानमन्त्री देउवाले शिक्षाको गुणात्मक सुधारमा ध्यान दिन आग्रह गरेका हुन। जापानी सहयोग निकायको आर्थीक तथा प्राविधक सहयोम पुन निर्माण प्राधिकरणले निर्माण गरेको भवन उद्घाटनका लागि देउवा ललितपुर पुगेका थिए

सामुदायिक विद्यालय पनि विद्यार्थीको उच्च चाप रहेको तथा फरक क्षमता भएका विद्याथीलाई अध्यापन गराइरहेको भन्दैं प्रधानमन्त्री देउवाले विद्यालयको प्रशंसा गरे सोही कार्यक्रममा पुन:निर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशील ज्ञवालीले हालसम्म ८८ प्रतिशत विद्यालय पुन निर्माण भइसकेको जानकारी दिए ।

देशभ ७ हजार ८ सय ८३ वटा विद्यालय भत्किएकोमा हाल ६ हजार ६ सय ४४ विद्यालय निर्माण सकिएको उहाँको भनाई छ।एक हजार भन्दाँ धेरै विद्यार्थी अध्यन गर्ने नमुना मच्छिन्द्रनाथ मावि २०४७ सालबाट दृष्टि विहिन विद्यार्थीलाई छात्रावासमा राखेर अध्यन गराउदैं आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *