ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इजरायल जाने कामदारका लागि लिएको भाषा परिक्षाको नतिजा सार्वजनीक

काठमाडौं भदौं ३० । वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भदौ २८ गते लिएको अंग्रेजी भाषा परिक्षाको नतिजा सार्वजनीक गरेको छ ।

विभागका अनुसार २ हजार ३९ जनाले अंग्रेजी भाषा पास गरेका छन् । त्यसमध्ये १ हजार मात्रै नेपाली इजरायल जान पाउने छन् ।इजरायल जान ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएका थिए ।

नेपाल र इजरायल सरकार बिच भएको सहमतिमा सरकारी स्तरबाटै पहिलो पटक १ हजार भन्दा बढी कामदारलाइ केयर गिभर पदमा इजरायल पठाउन भएको सम्जौता भएको थियो ।

परिक्षाका लगि आवेदन दिएका ९ हजारमध्ये ७ हजार बराबर परिक्षामा सहभागी भएका थिए । छनौट भएका परिक्षार्थीले इजरायलमा ५ बर्ष काम गर्न पाउनेछन् । बैदेशिक रोजगारका लागि आकर्षक गन्तब्य मानिएको इजरायलमा कामदारको मासिक तलब १ लाख ९० हजारसम्म रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *