ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज देशभर मौसम बदली हुने अनुमान

काठमाडौं भदौं ३० । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्य बदली रहने जनाएको छ ।

 महाशाखाले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाको भनाई छ

मौसमविद्का अनुसार हाल नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *