ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एकदिवसीय वरियतामा नेपालको सुधार


काठमाडौ,भदौ २९ l अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ।आइसिसीले आज जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको हो।

यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरियतामा सुधार आएको हो। 

ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजसमेत जितेको थियो। एकदिवसीयमा वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थानमा रहेको छ। त्यसैगरी अष्ट्रेलिया तेस्रो,भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन्।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *