ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनको फुजियान प्रान्तमा सवै शिक्षक र विद्यार्थीलाई कोरोना परीक्षण गर्न निर्देशन

काठमाडौं, भदौ २९ । पुटियान शहरमा पछिल्लो चार दिनमा १ सय भन्दा बढीमा संक्रमण पुष्टि भएपछि प्रान्त सरकारले चीनको फुजियान प्रान्तमा सवै शिक्षक र विद्यार्थीलाई कोरोना परीक्षण गर्न निर्देशन दिएको हो । पछिल्लो समय बढेको संक्रमण प्राथमिक विद्यालयबाट फैलिएको अधिकारीले बताएका छन् ।

नयाँ प्रकोप विद्यार्थीका पिता हुदै विद्यालयमा फैलिएको जनाइएको छ । नान्जीङमा नियन्त्रणमा आएको एक महिनापछि फुजियान प्रान्तमा संक्रमण देखिएको हो ।

वुहानपछि नान्जीङमा कोरोना संक्रमण ह्वात्तै बढेको थियो ।पछिल्लो समय फुजियानमा बढेको संक्रमण नियन्त्रण गर्न अधिकारीले आवश्यक कदम चालेको जनाइएको छ । विद्यालय सवै बन्द गरिएको छ भने पुटियानबाट बाहिर जानेले ४८ घण्टा भित्र परीक्षण गरिएको नेगटिभ रिपोर्ट बुझाउनुपर्ने छ ।

सिनेमा, संग्राहलय र पुस्तकालय लगायत सार्वजानिक स्थल पनि बन्द गर्न भनिएको छ भने रेष्टुरेन्ट सञ्चालन अवधी सिमित गर्न निर्देशन दिइएको छ । यस्तै पुटियान शहर नजिकैका सियामेन र कुन्झोउ शहरमा संक्रमण फैलिन नदिन व्यायमशाला र बार बन्द गरिएको छ ।

यद्यपी सोमबार सियामेनमा ३२ जना संक्रमण पुष्टि भएको छ । साताव्यापी विदा हुने राष्ट्रिय दिवसको अघि चिनियाँ शहरमा डेल्टा भेरियन्ट सहितको संक्रमण बढेको हो । चीनमा अहिलेसम्म ९५ हजार ३ सय ४० जना संक्रमित भएका छन् भने ४ हजार ६ सय ३६ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *