ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकासंग नेपालको ५ विकटेको सानदार जित

काठमाडौं भदौ २९ । नेपाल-ओमान- अमेरिका सम्मिलित त्रिकोणात्क क्रिकेट सिरिजमा नेपालले अमेरिकामाथी सानदार जित निकालेको छ ।

सोमबार भएको अमेरिकासंगको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । पहिले व्याटिङ गरेको अमेरिकाले नेपालसमक्ष २ सय ३१ रनको लक्ष प्रस्तुत गरेको थियो । जवाफी व्याटिङमा नेपालले ४९ ओभर खेल्दैं ५ विकेट गुमाउदैं लक्ष पुरा गर्यो ।

जितका लागि ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्शतकिय पारी खेले  कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे । रोहितले अविजित ६२ रन जोडे । विनोद भण्डारीले ३७ रन योगदान गरे ।

ओडीआईमा नेपालले ओपनिङमा सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनायो । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

४९औं ओभरको अन्तिम बलमा २ रन लिँदै नेपाललाई जित दिलाएका रोहितले ८७ बल खेल्दै २ चौका र ३ छक्का मद्ददतमा अविजित ६२ रन बनाए । करण केसी १ रनमा अविजित रहे ।

अमेरिकाका लागि निसर्ग पटेलले १० ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिए । नास्थुस केन्जिगले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । यस्तै कप्तान नेत्रभाल्करले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए ।

ओमानको मस्कटस्थित अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी,  विक्रम सोबले  २-२ विकेट लिए । यस्तै  कुशल मल्लले १ विकेट लिए । अमेरिकाका दुई खेलाडी रनआउट भएका थिए ।

नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ । ओमान १६ अंकसहित शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *