ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेसंग संवाद गरेर अघिबढ्न सभामुखलाई दलहरुको सुझाव

काठमाडौं भदौं २८ ।सभामुख अग्नी प्रसाद सापकोटालाई एमालेसंग संवाद गरेरमात्र अघिबढ्ने तेताहरुले सुझाव दिएका छन् । एमालेले संसद अवरोध गरेर सदन चल्न नदिएपछि सभामुखले आज सर्वदलिय बेठक आह्वान गरेका थिए ।

संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएको बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जनाकारी दिइन् ।

एमालेले बेठक अस्विकार गरेपछि बैठक विना निष्कर्ष टुङ्गिएको हो ।  पौडेलले भनिन्, ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *