ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बीपी कोइराला प्रतिष्ठानमा आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,भदौ २७ । स्वास्थ्य मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता गरी काममा फर्कन आग्रह गरेको छ।

मन्त्रालयले आइतबार एक सुचना जारी गर्दै मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भइसकेको जानकारी गराएको छ।बाँकी मागहरु पनि क्रमश पूरा हुदै जाने बताउँदै मन्त्रालयले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता गर्न आग्रह गरेको छ।

मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका ८ बुँदासमेत सार्वजनिक गरेको छ। प्रतिष्ठानका पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने,मन्त्रालयका तर्फबाट गरिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरेको छ।

त्यस्तै प्रतिष्ठानमा भएको भ्रष्टाचारबारे अख्तियारले सबै कागजात लिइसकेको बताउँदै मन्त्रालयले सिनेट बैठकबाट उच्चस्तरीय छानबिन आयोग गठन गरिने भन्दै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *