ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिनसँग खरिद गरेको ४४ लाख डोज खोप यही साता नेपाल आइपुग्ने

काठमाडौ,भदौ २७ l सरकारले चीनसँग खरिद गरेको ६० लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप मध्ये यही साता ४४ लाख डोज खोप नेपाल आउने भएको छ।

स्वास्थ्य मन्त्रालय अन्तरगत व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरीद गरेको थियो,जसमध्ये १६ लाख डोज खोप भदौ पहिलो साता भदौ ४ र ५ गते नै आइसकेकोब ताए।

नेपालमा यो अघि २४ लाख ४८ हजार डोज कोभिसिल्ड,७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन र १७ लाख ७७ हजार ३ सय २० डोज एस्ट्राजेनेका खोप भित्रीसकेको छ। त्यसबाहेक चाडैं नै गाभी मार्फत १ लाख डोज फाइजर खोप आउने छ ।

यसैवर्षको अन्त्यसम्म ६० लाख फाइजर,४० लाख मोर्डना गरी एक करोड डोज खोप आउने बताइएको छ।फाइजर मंसिर सम्ममा आउने छ भने मोर्डना केही समयपछि आउने बताइएको छ।नेपालमा हालसम्म १७ प्रतिशतले कोभिड विरुद्धको पूर्ण खोप र १९ प्रतिशतले पहिलो मात्रा खोप पाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *