ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१२ बर्षपछि प्रिमियर लिग खेलेका रोनाल्डोको २ गोल मदतले म्यानचेष्टर युनाइटे न्युकासल युनाइटेसंग ४-१ ले बिजयी

एजेन्सी, भदौं २७ । १२ वर्षपछि प्रिमियर लिगमा फर्कीएका क्रिस्टियानो रोनाल्डोको दुई गोल मदतमा म्यानचेष्टर युनाइटेले न्युकासल युनाइटेडमाथि ४-१ जीत निकालेको छ ।

रोनाल्डोले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । भने दोस्रो गोल खेलको ६३औं मिनेटमा गरेका थिए ।

५६औं मिनेटमा ज्याभिएर मानक्युइलोले न्युकासलका लागि बराबरी गोल फर्काए पनि युनाईटेडले अन्य दुई गोल गर्दैं खेल ४-१ले आफ्नो पक्षमा पार्यो ।

 तेस्रो जितपछि चार खेलबा६ १० अंक जोड्दै युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ।

यस्तै म्यानचेष्टर सिटीले पनि लेस्टर सिटीलाई १-० ले पराजित गर्दै तेस्रो जित हात पारेको छ । सिटीका लागि बर्नानर्डो शिल्भाले दोस्रो हाफमा गोल गरे । ४ खेलबाट ९ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै ब्राइटनले पनि ब्रेन्टफोर्डलाई १-० ले नै हराएर तेस्रो जित हात पारेको छ । उसका लागि लिएन्ड्रो ट्रोसार्डले ९०औं मिनेटमा गोल गरे । ४ खेलबाट ९ अंक जोडेको ब्राइटन तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *