ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेतालाई एमसिसि “निल्नु न ओकल्नु”

काठमाडौं,भदौं २६ । बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्सको टोली यतिवेला राजनीतिक भेटमा सकृय छ।

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सहयोग परियोजना अनुसरा अमेरिकाले करिव ५१ अर्व सहयोग गर्ने छ भने नेपालको त्यसमा १३ अर्व गरी जम्मा ६४ अर्बको परियोजना सम्पन्न हुने छ ।

सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच भएको कन्ट्रायकमा काठमाडौँको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म, रातमाटेदेखि हेटौंडासम्म,रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण तथा रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेशन निर्माण गरिने उल्लेख छ।

यसैगरी पूर्वपश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङमा पर्ने शिवखोलासम्म कूल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ। बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको नेपाल भारत सीमासम्मको निर्माणका लागि सहायता उपयोग गरिने पनि जनाइएको छ।

कम्प्याक्टका संसदबाट पारित गर्नु पर्ने विषय तथा इन्डोप्यासेफिक स्टाटेजि भित्र पर्छ कि पर्दैन भन्ने विषय नेपालमा विवादमा छ।एमसिसिले शैन रणनीति भित्र नपर्ने जनाएपनि संसदबाट पारित हुने विषय नस्विकार्ने जनाएपछि सडक देखि सदन सम्म आन्दोलन चुलीएको छ।

यसरी एमसिसिको विरोध भइरहदाँ एमसिसि उपाध्यक्ष सहितको टोलीको नेपाल भ्रमण नेपाली नेताहरुका लागि भने निल्नु न ओकल्नु भएको छ। उपाध्यक्ष फातिमाले बिहबार नै पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिन ओलीले सत्तरुढ गठवन्धनको प्रतिकृया आएपछिमात्र यसमा धारणा दिने जनाए।

एमालेले एमसिसिको बारेमा अध्ययन गरेरमात्र बोल्न नेताहरुलाई आग्रह गरेको छ।एमाले अध्यक्ष ओली एमसिसिको पक्षमा रहेका छन् उनले सरकालाई समेत एमसिसि के गर्ने भन्दैं संसदमा नै प्रश्न उठाएका छन् तर एमालेमै उपाध्यक्ष भिम रावल सहितको समुह एमसिसिको पूर्ण विपक्षमा हुदाँ एमालेमा खटपट छ।

सोही दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेकी फातिमाले संसोधन भएमात्र प्रस्ताव स्विकार हुने जवाफ पाउदाँ नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालबाट समेत त्यस्तै जवाफ पाइन्।प्रचण्डले राष्ट्रिय सहमति भए अघि बढ्ने बताइरहदाँ त्यो करिव करिव शून्य जस्तै छ।

त्यसपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर एमसिसि छिटो पास गर्न दवावमात्र दिइन्न पास नभए परियोजना अन्तै जानेसम्म जानकारी दिइन्।यसरी एकातिर एमसिसिको दवाव र अर्को तर्फ सडकमा जनता ओर्लिएका कारण यो परियोजना नेताहरुका लागि निल्नु न ओकल्नुको अवस्थामा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *