ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार प्रति आक्रामक बनेको एमालेको महाधिवेशनको मिति सर्यो

काठमाडौं,भदौं २६ । केपी ओली सरकारले ल्याएको बजेट विस्थापन गर्दें गठवन्धन सरकारले नयाँ बजेज जारीगरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले बलमिच्याई गरेको आरोप लगाएको छ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले आफुले ल्याएको २०७८/७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको निस्कर्ष एमालेले निकालेको छ।बैठकले पार्टी विभाजनमा सभामुखको समेत विरोध गर्दैं आएको छ।

अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै एमाले सचिव भट्टराईले यस विषयमा अप्पती रहेको बताएका हुन्।

त्यस्तै एमालेको सोही बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।त्यस्तै विधान सम्मेलनमा प्रस्तुत गर्ने,विधान,राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गर्न भदौ ३ र ४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *