ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर गत चौबीस घण्टामा ९९४ जनामा संक्रमण पुष्टि, १३६८ जना निको

काठमाडौं, भदौ २६ । पछिल्लो चौबीस घण्टामा देशभर ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ७७ जना पीसीआर परीक्षणबाट र २ सय १४ जना एन्टिजेन परीक्षणबाट संक्रमित पुष्टि भएको जनाएको छ । गत चौबीस घण्टामा ६ हजार १ सय ३७ वटा नमुनाको पीसीआर परीक्षण र ३ हजार ७ सय ३ वटा एन्टिजेन परीक्षण गरि देशभरबाट ९ हजार ८ सय ४० वटा नमुनाको परिक्षण गरिएको थियो ।

मन्त्रालयका अनुशार कोरोना संक्रमित मध्ये १ हजार ३ सय ६८ जना आज कोरोनामुक्त भएका छन् । भने सोही अवधिमा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। देशभर संक्रीय संक्रमित संख्या २७ हजार ३ सय ५५ जना रहेका छन् भने क्वारेन्टिनमा ३ सय १७ जना रहेका छन् । देशभर आसियुमा उपचारत ४ सय ५६ जना सहित भेन्टिलेटरमा १ सय २२ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *