ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ऋषिपञ्चमीमा व्रत बसे पापहरुबाट मुक्ति मिल्ले विश्वास

काठमाडौं,भदौ २६ । आज भाद्र शुल्कपञ्चमी अर्थात हरितालिका तिजको अन्तिम दिन। वौदिक सनातन हिन्दु नारीहरुले सप्तॠषीको पुजा आरधना गरी मनाउने गर्छन् ॠषीपञ्चमीमा ब्रत बसे र ॠषीको पुजा आराधना गरे बर्ष भरी रजश्वला हुदा भएका त्रुटि र पापहरु नस्ट हुने भन्ने विश्वास रहेको छ

नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको पर्सिपल्ट ऋषिपञ्चमीको पूजा गरीने परम्परा छ।हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व पनि सँगै जोडिएको छ।

पौराणिक कथनअनुसार महिलाहरु रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि र आफु र आप्नो श्रीमानको सु_स्वास्वास्थ्य तथा दिर्घायुका लागी ऋषिपञ्चमी व्रत बस्ने विश्वास रहेको जानकारहरु बताउछन् ।

ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगायतले स्नान गर्ने र चोखो वस्त्र पहिरेर सप्त ॠषीको पुजा गर्ने प्रचलन रहेको छ ।

ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन्।कश्यप,अत्रि,भारद्वाज, विश्वामित्र,गौतम,जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेकोले त्यही अनुशार आफुहरुले पुजा व्रत गर्ने गरेको व्रतालुहरुको भनाई छ।

तीज सँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वरको पूजा गर्ने चलन रहेको छ।यस दिन टिस्टुङ, टेकु, कोटेश्वरलगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने छ।सप्तऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *