ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

क्यान्सर, मिर्गौला र मेरुदण्ड लगायत गम्भीर प्रकारका दिर्घ रोगिलाई मासिक ५ हजार भत्ता दिने

काठमाडौं, भदौ २५ । सरकारले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता दिर्घ रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ मा पनि क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो।

तर पछि केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरिदिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *