ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना महामारीका कारण आत्महत्यादर बढ्दै

काठमाडौं, भदौ २५ । हरेक बर्ष सेप्टेम्बर १० तारिखलाई आत्महत्या विरुद्धको दिवसका रुपमा विविध चेतनामुलक कार्यक्रम गरि मनाइदै आएको छ । आत्महत्या विरुद्ध विभिन्न कार्यक्रम सन्चालन भैरहदा पनि नेपाल लगायत विश्वभर आत्महत्याको दर भने बढदो क्रममा छ ।

पछिल्लो समय महामारीका कारण पनि आत्महत्याका घटना बढ्दै गएको र नियन्त्रण चुनौतिपूर्ण रहेको विज्ञहरु बताउछन । “आत्महत्या रोकथाममा सबैको सहकार्य” भन्ने नारासहित शुक्रबार नेपाल लगायत विश्वभर आत्महत्या विरुद्धको दिवश मनाइएको छ । विश्वभर विभिन्न जनचेतना मुलक कार्यक्रम निरन्तर भैरहेपनि पछिल्लो समय विश्वभर नै आत्महत्याको दर बढ्दै गएको विज्ञहरु बताउछन ।

विश्वभर वर्षेनी ७ लाख भन्दा बढी मानिसको मृत्यु आत्महत्याका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको तंथ्याक छ । त्यसमा पनि १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको चौथो कारण आत्महत्या रहेको डब्लुएचओले जनाएको छ । नेपालमा पनि आत्महत्या गर्ने व्यक्तिको संख्या वर्षेनी बढ्दै गइरहेको चिकित्सकहरु बताउछन् । महामारी र लकडाउनको बेला निम्तिएको आर्थिक संकट, महामारीको भय, परिवार एवं आफन्त गुमाउनुको पिडा तथा डिप्रेसनका कारण उत्पन्न मानसिक अवस्थाले आत्महत्याका घटनामा वृद्धि भएको जनाइएको छ ।

आत्महत्याका घटना वर्षेनी बढ्दो रहेकोले रोकथाम तथा नियन्त्रणमा चुनौती रहेको चिकित्सकहरु बताउछन् । नेपालमा गत आर्थिक बर्षमा ६ हजार २ सय ४९ जनाले आत्महत्या प्रयास गरेकोमा २०७७/७८ मा त्यो संख्या बढेर ७ हजार १ सय १७ पुगेको प्रहरीको तथ्यांक छ । पछिल्लो पाँचबर्षको तथ्यांक अनुसार नेपालमा आत्महत्याको दर बर्षेनी बढ्दो क्रममा रहेको । आत्महत्या गर्नेमा नेपाल दक्षीण एसियामा नै अगाडी रहेको विज्ञहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *