ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साढे चार महिना पछि पशुपतिको मुलमन्दिर श्रदालुका लागि खुल्ला

काठमाडौं भदौं २५ ।करिव साढे चार महिना पछि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुल्ला गरिएको छ । वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएकोमा आज बिहान ६ बजेबाट मन्दिर खुल्ला गरिएको हो ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

विसं २०७६ साल चैत ११ गतेदेखि पहिलो पटक बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो ।

मन्दिर खुल्ला गरिएपनि एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *