ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काँग्रेस महामन्त्रीमा गगन र विश्वप्रकासको भिडन्त पक्का, के गर्लान प्रदिपले ?

काठमाडौं भदौं २४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्माको भिडन्त पक्का भएको छ । उता अर्का युवा नेता प्रदिप पौडेल पनि महामन्त्री आकांक्षी देखिएका छन् ।

विद्यार्थी राजनीतिमा सहकार्य गरेका दुई युवा नेताको महामन्त्री भिडन्त निकै रोचक हुदाँ अर्का नेताको उमेद्वारी संभावनाले अझ रौनकता थपेको छ ।

कांग्रेसको संशोधित विधानअनुसार यस पटकदेखि दुई महामन्त्री महाधिवेशनबाट निर्वाचित हुनेछन् । त्यसैले पनि यो पटक प्रतसपर्दाँ अझ कडा हुने निस्चित छ ।

बीपी स्मृति संग्रहालय सुन्दरीजलमा कांग्रेस संस्थापक बीपी कोइरालाको १०८ औं जन्म जयन्तीको अवसर पारेर युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उमेद्वारी घोषणा गरेका छन् ।

यस अघि आफ्नै वडामा अर्का युवा नेता गगन थापाले महामन्त्रीमा उमेद्वारी घोषणा गरेका थिए । दुवै नेताले कुन गुटबाट उमेद्वार बन्ने प्रष्ट नपारेपनि शर्मा देउवा निकट मानिन्छन् त्यसैले सस्थापन पक्षबाट उमेद्वार बन्ने करीव पक्का पक्की छ ।

त्यस्तै सिटौंला गुटबाट पौडेल गुटमा कित्ता परिवर्तन गरेर महामन्त्रीमा उमेद्वारी घोषणा गरेका गगनलाई अग्रज नेता मिलाउन कठिन देखिन्छ । यसरी गगनले सिटौला गुट छोडेपछि प्रदिप पौडेल महामन्त्रीको उमेद्वार बन्ने संभावना बढेको छ ।

यसरी ३ प्रभावशाली युवा नेताको महामन्त्रीको लडाइ हुने भएपछि अझ रौनक थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *