ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १६४० जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं, भदौ २३ । स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट १३ हजार ४ सय ५५ नमूना परीक्षण गर्दा काठमाडौ उपत्यकामा ५ सय ६८ जना सहित देशभर १ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप १० जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १० हजार ८ सय ८९ जना रहेका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संखया १ दशमलव ५ रहेको छ ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा २ हजार १ सय ६१ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ३३ हजार १ सय ६१ पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९४ दशमलब ८ प्रतिशत हो । देशभर संक्रिय संक्रमित संख्या २९ हजार ४ सय ७९ जना रहेका छन् । भने क्वारेन्टिनमा २ सय ५६ जना रहेका छन् ।

देशभर आइसियुमा ४ सय ८८ र भेन्टिलेटरमा १ सय ४० जना उपचाररत छन् । देशभर हालसम्म १ करोड ७ लाख ४९ हजार ८ सय ६४ जनाले कोरोना विरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *