ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज दर खाने दिन: कस्तो खानेकुरा खाने कस्तो नखाने – डा अरुणा उप्रेती

काठमाडौं, भदौ २३ । तिजको अघिल्लो दिन ब्रतको तयारी स्वरुप सात्विक भोजन गर्ने परमपरा रहिआएपनि पछिल्लो समय विक्रिति भित्रिएको छ । तडक भडक युक्त खाना खानेले मानिसको स्वास्थ्यमा प्रतिकुल असरमात्र पर्न थालेको छ ।

प्रत्येक बर्षको भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाले हरितालिका तिज मनाउने गर्छन् । सोही दिन कैलाश पुत्री पार्वतीले महादेव पति पाउ भनी निरहार वर्त बसेको धार्मीक मान्यता अनुसार नै अविवाहित युवतीहरु महादेव जस्तै पति पाउ तथा विवाहित महिलाहरु आफ्नो पतिको दिर्धायुको कामना गर्दैं व्रत बस्ने गर्छन् । निराहार व्रत बस्ने भएकै कारण अघिल्लो दिन राती उठेर दर खाने चलन छ ।

दर भनेको आडिलो भोजन भन्ने अर्थ हुन्छ । शास्त्रीय परम्परा अनुशार ब्रतको अघिल्लो दिन शाप्तीक भोजन गर्ने,एक भक्त बस्ने, अल्पहार गर्ने भोलीको निमित्त, शारीरिक मानसिक रुपले पनि तयारी गर्ने शुद्ध हुने भन्ने मान्यता रहेको छ । पार्वतीले तिजमा निराहार ब्रत बसेपनि दरको रुपमा ३ अञ्जुली पानी पिएको संस्कृतिविद प्रिंयवद्धा काफ्लेको भनाई छ ।

दरका रुपमा सादा खाना खाने स्त्विक भोजन गर्ने गरेपनि पछिल्लो समय भाडी भड्क खाना खाने चलन बसेको छ । केही समय खाना नखाइ बस्नु स्वास्थ्यका दृष्टिले सकारात्मक भएपनि एक दिन बढी चिल्लो, पिरो र मसालेदार खान खाने र भोलिपल्ट केही नखाई ब्रत बस्ने प्रविर्ति स्वास्थ्यका हिसावले हानीकारक हुने चिकित्सकहरुको भनाई छ । यसो गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर मुर्छा पर्न सक्ने जनस्वास्थय विद् डा अरुणा उप्रेती बताउछीन् । ब्रत बस्नु भन्दा अघिल्लो दिन तिजको अर्को रमाइलो पक्ष दर खानु हो।

दरमा धेरै थरीका परिकार समावेश हुन्छन्। दरको दिन परिकार तयार गर्नेक्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ। सकेसम्म घरमै परिकारहरु तयार बनाएर खाँदा राम्रो हुने चिकित्सकहरुको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *