ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ गते देखी मंसिर ९ गतेसम्म

काठमाडौं,भदौं २३ । ‘मेरो गणना,मेरो सहभागिता: राष्ट्रिय गणना २०७८’ यही नाराका साथ कार्तिक २५ गते देखी मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना हुने भएको छ । कोभिड महामारीका कारण अन्तिम समयमा स्थगित भएको जनगणना पुन सञ्चालन हुन लागेको हो ।

वि.स. १९६८ सालबाट सुरु भएको राष्ट्रिय जनगणना १२ औं सस्करणमा आइपुग्दाँ दुई पटक प्रभावित भएको छ । २००७ सालमा राजनीतिक परिवर्तनका कारण गणना प्रभावित भएर ९-११ मा संपन्न हुदाँ ७८को जनगणना केही महिना धकेलिएको छ । तर केन्द्रिय तथ्याङ्क विभागले कार्तिक २५ गते देखी मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्ने पत्रकार संमेलन गर्दैं केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक नेविललाल श्रेष्ठले जानकारी दिए ।

पहिलो जनगणनामा ५६ लाख ३९ हजार जनसंख्या रहेकोमा ११ औ संस्करणमा आइपुग्दा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार पुगेको थियो । अहिले आइपुग्दाँ नेपालको कुल जनसङ्ख्या ३ करोड नाघेको तथ्याङक् विभागले जनाएको छ । जसका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक परिचालन हुने छन् ।

१५ दिन भित्र गठना गरिसक्ने तयारी गरेको विभागले ८० वटा प्रश्नबाट तथ्याङ्क संकलन गर्दाँ १२ वटा नयाँ प्रश्न समेटेको जनाएको छ ।तथ्याङ्क विभागले ७ वटा प्रदेशमा जनगणना कार्यालय तथा ८० वटा जिल्ला गणना कार्यलय सञ्चालन गर्दां ३ सय ४९ स्थानीय जनगणना कार्यलय स्थापना गर्ने भएको छ ।

काठमाडौं जिल्लामा ट्वालेट प्रयोग गर्दाँ अन्य जिल्लामा भने पुरानै तरिकाले गणना हुने छ । गणना सुरु पुर्व नै गणक तथ सुपरिवेक्षकलाई डवलडोज कोरोना विरुधको खोप लगाउने तयारी छ ।विभागले जनगणनामा कुल ४ अरव खर्च हुने अनुमान गरेको छ ।

त्यस्तै भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणनाको विषय भने अझै अन्योलमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *