ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर बाट २०७२ जना कोरोना मुक्त ,१६७७ जनामा संक्रमण पुष्टि

काठमाडौं, भदौ २२। स्वास्थ्य मन्त्रालयका अनुशार ‍पछिल्लो चौबीस घण्टामा २ हजार ७२ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ३१ हजार पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९४ दशमलब ७ प्रतिशत हो ।

मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट १५ हजार ३४ नमूना परीक्षण गर्दा १ हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण थप २१ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १० हजार ८ सय ७९ जना रहेका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संखया १ दशमलव ५ रहेको छ ।

देशभर संक्रिय संक्रमित संख्या ३० हजार ३ सय ३ जना रहेका छन् । भने क्वारेन्टिनमा २ सय ५८ जना रहेका छन् । देशभर आइसियुमा ५ सय १४ र भेन्टिलेटरमा १ सय ५४ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *