ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दल रोज्ने अन्तिम दिन आज

काठमाडौं, भदौं २२ । निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय सिमा आज सकिँदै छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजन पछि बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी परिवर्तन गर्न चाहनेले आजसम्म दल परिवर्तन गर्न पाउने छन् आयोगले गएको भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

आयोगले दल दर्ताका लागि दिएको २१ दिनको समय आज सकिन लागेको हो । आजसम्ममा ७ वटै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले पनि दल रोज्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *